हाम्राे बारे
घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थानीय समुदाय, समूह र सदस्यहरु चयन भएको सहकारी संस्था हो । घरपरिवार सहकारी ऐन, २०७४ बमोजिम विधिवत रुपमा दर्ता (द.नं. ५६३/०६९/०७० र प्यान नं. ६००६७८६५४) भएको संस्था हो । नेपाल सरकारको नयाँ प्रारुपले तय गरेबमाजिम स्थानीय तहमा पनि दर्ता हुनु पर्ने प्रावधान अनुसार सूर्यविनायक नगरपालिकामा दर्ता (द.नं. ४०) हुने प्रथम संस्थाको रुपमा परिचित रहेको छ । ३० जना भन्दा बढी दुरदर्शी व्यक्तित्वहरुको सकारात्मक पहल र सपनाको वावजुद स्थानीय समुदायमा विभिन्न स्तरका व्यक्तिहरुमाझ छरिएर रहेको अति स–साना पूँजी, प्रविधि अनि खेर गईरहेको प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा एक कोशे ढुङ्गा थप्ने ... अभिप्रायले संस्थागत रुपमा स्थापना हुन सभ्भव भएको थियो । “घरपरिवार” शब्दको स्वव्याख्यात्मक भावको मर्मलाई शिरोधार्य गर्दै सबै परिवारका प्रत्येक सदस्यहरु घरपरिवार बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य बन्न सक्नेछन र संस्थाले स्थानीय सम्पूर्ण परिवार सदस्यहरुमा आव्हान पनि गरिएकाे छ ।
Vision
सुरक्षित, सान्दार र दीर्घकालिन सहकारी
Mission
समृद्ध जिविकोपार्जनका लागि प्रतिस्पर्धात्मक, द्रुत र गुणस्तरीय सेवाको विस्तार गर्दै शेयरधनी सदस्यहरुमार्फत आर्थिक, नैतिक, सामाजिक र सांस्कृतिक रुपमा निरन्त विकास
उद्देश्यहरु
- शेयरधनी सदस्यहरुलाई सरल र गुणस्तर वित्तीय सेवा प्रदान गर्नु ।
- विभिन्न प्रकारका बचतहरुको संकलन
- सर्व सुलभ ऋण सुविधा प्रदान गर्नु
- शेयरधनी सदस्यहरुको आयमूलक क्रियाकलापहरुको प्रबद्र्धन गर्नु
- शेयरधनी सदस्यहरुको चाहान अनुरुप एवं सहयोगार्थ विभिन्न क्रियाकलापहरु संचालन गर्नुे
- दैवी वा प्राकृति प्रकोपको अवसथमा शेयरधनी सदस्यहरुलाई आवश्यक सहयोग गर्ने
- शेयरधनी सदस्यहरुको समूहगत सहभागितामा आर्थिक तथा सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्ने
- शेयरधनी सदस्यहरुको उत्पादनशिलतालाई टेवा पु¥याउने हेतुले सीपमूलक तालिम, गोष्ठी आयोजना गर्ने
- शेयरधनी सदस्यहरु मध्येबाट गठित विभिन्न समूहहरुको गरिबी न्युनीकरणलाई सहयोगार्थ आधारभूत सेवा तथा सुविधाहरु संचालन गर्ने
- राष्ट्रिय गौरव बोक्न सक्ने विश्वासनीय र गुणस्तरीय सहकारीको विकास गर्ने ।
- स्थानीयस्तरमा सान्दार वित्तीय सहकारी संस्थाको विकास गर्ने ।
Facebook